Redirecting...

दिल्लीको वायु खतरनाक स्तरमा - taksarnews.com

दिल्लीको वायु खतरनाक स्तरमा - taksarnews.com
Source: tsar

काठमाडौं । भारतको दिल्ली र आसपासका क्षेत्रमा बाक्लो धुवाँ ९स्मग० को तहले शहरलाई ढाकेपछि वायु गुणस्तर खतरनाक स्तरमा पुगेको छ । आइतबार भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) को चरण ४ लागू गरेको छ । शनिवारदेखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेपछि यो स्तरलाई स्थानीय बासिन्दाका लागि खतरनाक मानिएको छ । जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदुषण नियन्त्रण उपायहरू लागू गरिएका छन् । यसमा निर्माण कार्यहरू पूर्ण रूपमा प्रतिवन्ध, विद्यालयहरूलाई हाइब्रिड मोड ९अनलाइन र अफलाइन० मा सञ्चालन गर्न निर्देशन, सरकारी तथा निजी कार्यालयहरूलाई ५० प्रतिशत कर्मचारी मात्र उपस्थित गराएर काम गर्न भनिएको र केही श्रेणीका सवारीसाधनहरूको दिल्ली प्रवेशमा प्रतिवन्ध लगाइएको छ ।पछिल्ला केही वर्षयता दिल्ली र आसपासका क्षेत्रमा विशेष गरी नोभेम्बरदेखि फेब्रुअरीसम्मको जाडो महिनामा वायु प्रदूषणको समस्या बढ्दै गएको छ । यस अवधिमा फोक्सोसम्बन्धी रोगहरूबाट पीडित हुनेहरूको संख्या धेरै गुणा बढेको छ । यसैबीच, आइतबार बिहान उत्तर भारतका विभिन्न स्थानमा कुहिरोका कारण कम दृश्यताका बीच धेरै सवारीसाधनहरू आपसमा ठोक्किएका दुर्घटनाहरू रिपोर्ट भएका छन् । दिल्लीको वायु प्रदूषण अझै गम्भीर अवस्थामा रहेको छ र आगामी दिनमा सुधार हुने अपेक्षा गरिएको छ ।