Redirecting...

व्यक्तिवादी प्रवृत्ति हटाऔँ, साझा भावनाको विकास गरौँ: नेपाल - nagariknews.nagariknetwork.com

व्यक्तिवादी प्रवृत्ति हटाऔँ, साझा भावनाको विकास गरौँ: नेपाल - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भ्रष्टाचार र कुशासनको अन्त्य अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले देशको समग्र विकासका लागि छलफल भइरहेको बताउँदै स्पष्ट खाका चाँडै जनताका सामु ल्याउने बताए । नेपालले व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्दै साझा भावनाका साथ अघि बढ्नुपर्ने बताए । ‘साझा भावनाका साथ अघि बढ्यौं भने मात्रै देशलाई अघि बढाउन सकिन्छ,’ कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले भने, ‘नयाँ पार्टी बनाउँदानै हामीले विगतका कमजोरीहरु खोजेर सुधार गर्दै अघि बढ्ने संकल्प गरेका छौं ।’ उनले राजनीतिक दलहरुले केही पनि गरेनन् भने कुरालाई चिर्नुपर्ने बताए । ‘हिजो गाउँगाउँमा विकासको अभियान लिएर जाने पनि राजनीतिक दलहरुनै हुन्, दलहरुले गरेका राम्रा कामहरुको फेहरिस्त दलहरुको बीचमा ल्याउनुपर्छ,’ उनले भने, ‘हामी प्रधानमन्त्री हुँदा के–के कामहरु भएका थिए ति कामहरु जनताको सामुमा राख्नुपर्छ ।’ उनले कम्युनिष्ट घटकहरु एक हुँदा जनतामा उत्साह र आशाको सञ्चार भएको बताए । ‘इमान्दार नेता कार्यकर्ताको पार्टी हो, यहीँ पार्टीले जनताको इच्छा र चाहनालाई पूरा गर्नेछ,’ उनले भने, ‘कम्युनिष्ट घटकहरु एक हुँदा जनतामा जुन किसिमको उत्साह र आशाको सञ्चार छाएको छ, सोही अनुसार हामी देशको हितको पक्षमा दृढताका साथ उभिन्छौं ।’ उनले अलग–अलग समूहमा बाँडिएका कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याएर शक्ति आर्जन गर्ने र जनताका पीडा र बेदनालाई सम्बोधन गर्ने उद्देश्य आफूहरुको रहेको बताए । ‘गरिव र निमुखा जनताको आशा र भरोसाको केन्द्र बन्ने गरेर हामी काम गर्नेछौं,’ उनले भने ।उनले देशको विकासका लागि उत्पादनमा जोड दिनुपर्ने बताउँदै विदेशीहरुले नेपालका भेडा, च्याङ्ग्राको मासु, तरकारी र विजुली मागिरहेको बताए । ‘यहाँको पानीबाट निस्केको विजुली हामीलाई दिनुहोस् भनिरहेका छन्, एक लाख मेगावाट विजुली उत्पादन गर्ने क्षमता भएपनि हामीले गर्न सकेका छैनौं,’ उनले भने, ‘बाहिरका मानिसहरुलाई विजुली उत्पादन गर, रज्यलाई कर पनि देउ भन्न सकिरहेका छैनौं । अव हामी गछौं, हामीमा इमान्दारिता छ, सपना छ, निष्ठा छ ।’