Redirecting...

कांग्रेसमा विशेष महाधिवेशन माग, इतर पक्षको हस्ताक्षर अभियान तीव्र - www.onlinepana.com

कांग्रेसमा विशेष महाधिवेशन माग, इतर पक्षको हस्ताक्षर अभियान तीव्र - www.onlinepana.com
Source: onpa

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर असोज २६ गतेको केन्द्रीय समिति बैठकअघि बुझाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी नचल्ने निष्कर्षसहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले अभियान अघि बढाएका छन् । अहिलेसम्म १०९ प्रतिनिधिको समर्थनसहित हस्ताक्षर संकलन जारी छ भने ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पुगेपछि विशेष महाधिवेशन माग्ने तयारी छ । संस्थापन पक्ष भने नियमित महाधिवेशनको पक्षमा छ । अहिले हस्ताक्षर संकलन भइरहेकाले केन्द्रीय समिति बैठक अघि नै बुझाउने तयारी भइरहेको महामन्त्री थापा निकट एक नेताले बताए । जारी हस्ताक्षर अभियानमा महामन्त्री थापा र इतर पक्षका नेता कोइरालाको पनि समर्थन रहेको ती नेताले दाबी गरे । विशेष महाधिवेशन माग्न आवश्यक ४० प्रतिशत हस्ताक्षर संकलन भइरहेको नेताहरूले दाबी गरे । The post कांग्रेसमा विशेष महाधिवेशन माग, इतर पक्षको हस्ताक्षर अभियान तीव्र appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).