एमाले उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यद्वारा ११ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा - janatatimes.com
काठमाडौं, मंसिर २७ । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उहाँहरूले आगामी नेतृत्व चयन प्रक्रियामा आफूहरू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पार्नुभएको हो। पार्टी नेतृत्व नवीकरण, पुस्तान्तरण र संगठनात्मक एकताको पक्षमा रहेर यस्तो निर्णय लिइएको उहाँहरूको भनाइ छ। केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वयको घोषणालाई सकारात्मक रूपमा लिइएको बताइएको छ। नेताहरूले उहाँहरूको निर्णयले पार्टीभित्र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने र महाधिवेशनलाई सहमतिमुखी बनाउने अपेक्षा व्यक्त गरेका छन्। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने छ। ११औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन पारित भएसँगै नयाँ संरचनाअनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ।