Redirecting...

१२ दिनमै टुट्यो उनेपासँगको ‘लिभिङ टुगेदर’ सहकार्य, एक्लिए कुलमान - bishwokhabar.com

१२ दिनमै टुट्यो उनेपासँगको ‘लिभिङ टुगेदर’ सहकार्य, एक्लिए कुलमान - bishwokhabar.com
Source: bsbk

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीचको १२ दिनको राजनीतिक ‘लिभिङ टुगेदर’ सहकार्य अन्त्य भएको छ । कुलमानले यस प्रयासलाई ‘दुर्घटना’को संज्ञा दिएसँगै सहकार्य औपचारिक रूपमा टुटेको मानिएको छ । सहकार्य भंग भएपछि कुलमान एक्लिएका छन् भने उनीसँग जोडिएका नेताहरू भने रास्वपामै रहने निष्कर्षमा पुगेका छन् । कुलमानसँग देखिएका डा. विशाल भण्डारी, डा. धनश्याम पाण्डे, डा. तारा जोशी, डा. सागर ढकाल, डा. अभिषेक सिंह, निर्देश सिलवाल, रिमा विश्वकर्मा र सञ्जय भट्टराई अब रास्वपाको राजनीतिक धारमै अडिग रहने बताइएको छ । पार्टीभित्र वैचारिक दिशा, नेतृत्व शैली र आगामी राजनीतिक रणनीतिमा एकरूपता नबन्नु सहकार्य टुट्नुको मुख्य कारण रहेको स्रोतहरूको भनाइ छ । आन्तरिक छलफलका क्रममा कुलमानले अपेक्षित वातावरण नबनेको भन्दै यो प्रयासलाई ‘दुर्घटनाजस्तै’ भएको टिप्पणी गरेका थिए । विश्लेषकहरूका अनुसार छोटो समयमै टुटेको सहकार्यले कुलमानको सम्भावित राजनीतिक यात्रामा अनिश्चितता थपेको छ । उता, रास्वपाभित्र भने संगठनात्मक निरन्तरता र पार्टी अनुशासनलाई प्राथमिकता दिएको सन्देश गएको आकलन गरिएको छ । आगामी दिनमा कुलमानको राजनीतिक बाटो र रास्वपाको आन्तरिक व्यवस्थापन कसरी अघि बढ्छ भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ ।