प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मी सम्मानित - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । एसिसी यू-१६ इस्टर्न जोन कपमा उत्कृष्ट प्रदर्शन गर्नुभएका नेपाल यू-१६ टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मीलाई काठमाडौं जिल्ला क्रिकेट संघले सम्मान गरेको छ । संघको छैटौं वार्षिक साधारणसभामा जैसीसँगै महिला खेलाडी कृष्मा गुरुङ, आइसिसी अम्पायर विजयकुमार झा, प्रशिक्षक सामसनजंग थापा र दुर्गानाथ सुवेदीलाई सम्मान गरिएको हो । प्रसिद्धले प्रतियोगिताका ६ खेलमा एक शतक र एक अर्धशतकसहित २४६ रन बनाउनुभएको थियो । प्रसिद्ध र कृष्माले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । सम्मानितहरूलाई बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, क्यानका सचिव पारस खड्का, संघ अध्यक्ष दिवाकर घलेलगायतले सम्मान गरेका थिए ।संघले गत वर्ष ६ वटा प्रतियोगिता र कार्यक्रम सम्पन्न गरेको जानकारी अध्यक्ष घलेले दिनुभयो ।