एमाले महाधिवेशन : मतदान सकियो, नतिजा ११ बजेसम्म सार्वजनिक हुने - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११ औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहानदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब ७ बजे सकिएको हो । नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएका पनि २ हजार २२७ जनाले मात्र मतदान गरेका छन् । ८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो । मतपरिणाम आजै बिहान ११ बजेसम्म सार्वजनिक गर्ने गरिने जनाइएका छ । एमालेको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले प्यानलसहित प्रतिस्पर्धा गरेका छन् ।