किन खस्किँदैछ यू-१९ क्रिकेट टिमको प्रदर्शन ? - farakdhar.com
Source: FRDH
नेपाली युवा टिम यतिबेला यूएईमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा व्यस्त छ । प्रतियोगितामा नेपालले दुई म्याच खेल्दा लगातार हार बेहोरेको छ । जारी एसिया कपमा नेपालले श्रीलंकासँग ८ विकेट तथा बंगलादेशविरुद्ध ७ विकेटको फराकिलो हार बेहोरेको हो । नेपाल पहिलो खेलमा श्रीलंकाविरुद्ध पहिला ब्याटिङ गर्दै ८२ रनमै अलआउट भयो । बंगलादेशविरुद्धको दोस्रो खेलमा पनि नेपालले निराशाजनक प्रदर्शन गर्यो । नेपालले बंगलादेशविरुद्ध १ सय ३० रन मात्र बनायो । १ सय ३१ रनको लक्ष्य बंगलादेशले २४.५ ओभरमै पूरा गर्यो । ...