कविता : सुरुवातदेखि सम्झनासम्म - sahityapost.com
होहाम्रो सुरुवात पनिमेरो डायरीका पानामाकैद भएका शब्दहरू जस्तै छन् ।सम्झना छन्, तर स्वतन्त्र छैनन्मुटुको कारागारभित्र कैदी बनेर बसेका छन् । सुरुवात न त तिम्रो थियोन त मेरो ।त्यो त समयको थियोजो बुझाइसँगै बढ्दै गयोर हामीलाई पनि आफ्नै गतिमाअगाडि बगाउँदै गयो । मध्य कथा तिमी चन्द्रमा थियौसुन्दर, शान्त, तर सधैँ टाढा ।म सूर्य थिएँजल्दै, चम्किँदैतर कहिल्यै आराम नपाउने ।हामी एउटै आकाशमा थियौँतर एउटै संसारमा थिएनौँ । तर सत्य के हो भनेदिनलाई सूर्य चाहिन्छ र रातलाई चन्द्रमाहामी दुई फरक छौँतर अपूर्ण पनि एक अर्काविनै। अन्त्य त्यसैले यो अन्तिम पत्र हो ।अन्तिम प्रयास होइनअन्तिम सत्य हो ।सबै कुरा छुट्नकै लागि बनेका हुन्छन् ।जसरी बच्चाले आफ्नो आमाको काख छोड्छजसरी साथीहरूले कलेज पढेपछिआफ्नो साथ र सम्झनाहरू छोड्छन्जसरी चिया खानेले आफ्नो अड्डा छोड्छत्यसरी नै हामी पनि छुट्यौँ ।न झगडाले, न घृणालेकेवल समयले । यो हार वा दोष होइनयो वास्तविकता स्वीकार गर्ने साहस हो ।केही सम्बन्ध साथ हुन जन्मन्छन्र केही सम्झना भएर रहन्छन् । अन्त्य भने अझ लेखिएको छैनसायद समयले लेख्नेछसायद हामीलेवा सायद यो कथा आफैँले लेख्नेछ ।