Redirecting...

‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ सम्पन्न - bankingsamachar.com

‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ सम्पन्न - bankingsamachar.com
Source: bkns

काठमाडौ. – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले साउन १६ गतेदेखि सुरु गरेको कार्यक्रम १८ काठमाडौंको सोल्टी होटलमा भव्य रुपमा सम्पन्न गरेको हो ।कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कारोबार गरेका एजेन्सी म्यानेन्जर र अभिकर्ताहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाल लाइफका देशैभरबाट उत्कृष्ट बीमा व्यवसाय गर्दै आएका चार सय ४० जना अभिकर्ताहरु उपस्थित रहेका थिए । कार्यक्रममा चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीको पनि प्रस्तुती रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले आगामी बर्षको कार्ययोजना सहित नयाँ आर्थिक बर्षको शुभकामना सहित कार्यक्रम समापन गरे ।