प्रदीप ज्ञवालीको युटर्न : महासचिव नपाएपछि रिसाएका ज्ञवालीले ओलीको पक्षमा मागे मत - www.samayapost.com
Source: smyp
नेकपा (एमाले)को जारी दशौँ महाधिवेशनमा महासचिवको उम्मेदवार नबनाइएपछि अध्यक्ष केपी शर्मा ओलीसँग बिच्किएका प्रदीप ज्ञवालीले एकाएक युटर्न लिएका छन् । मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत ज्ञवालीले अध्यक्ष पदमा ओली र अन्य पदहरूमा पनि ओली प्यानलकै पक्षमा मत मागेका हुन् । सोमबार शंकर पोखरेललाई नै महासचिवमा दोहोर्याउने अध्यक्ष ओलीको निर्णयपछि ज्ञवाली मनोनयनस्थल भृकुटिमण्डपबाट असन्तुष्ट हुँदै फर्किएका थिए […]