Redirecting...

बिक्री सुरू भयो ‘सार्क’ पीकअप, कति पर्छ मूल्य ? - www.meroauto.com

बिक्री सुरू भयो ‘सार्क’ पीकअप, कति पर्छ मूल्य ? - www.meroauto.com
Source: meau

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले नेपाली बजारमा पहिलो पटक हाइब्रिड मोडल बिक्री थालेको छ । आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यसअघि ब्याट्री इलेक्ट्रीक मोडल मात्रै बिक्री गर्दै आएकोमा पहिलो हाइब्रिड मोडलको बिक्री थालेको हो । साइमेक्स इंक प्रालिले काठमाडौंमा ‘हाइटेक वीक’ आयोजना गरेर पहिलो पटक देखाएको सार्क पीकअप अब भने बिक्रीको लागि पनि उपलब्ध छ । अफरोड क्षमता भएको सार्क ४ बाई ४ सिस्टमसहित डबल क्याबमा उपलब्ध पीकअप हो । बीवाइडी सार्क डीएमओ प्लेटफर्ममा आधारित रहेको छ । जसमा ‘ओ’को अर्थ अफरोड र डीएम भन्नाले ड्युल मोटर हो । बीवाइडी सार्क पीकअपको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ५४५७ एमएम, १९७१ एमएम, १९२५ एमएम छ । यसमा ३२६० एमएम लामो ह्वीलबेस दिइएको छ । बीवाइडी सार्कमा ड्युल मोटर सेटअपमा फ्रन्ट मोटरले १७० किलोवाटको पीक पावर र ३१० एनएम टर्क उत्पादन गर्छ । रियर मोटरले १५० किलोवाटकोे पीक पावर र ३४० एनएम र्टक जेनेरेट गर्छ । हाइब्रिड मोडल भएको कारण कम्पनीले यसमा १.५ लिटर, टर्बो फोर सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । यसको इलेक्ट्रीक र आइसीईको संयुक्त पावर ४३० हर्स पावर छ । यसको पेट्रोल इन्जिनले फ्रन्ट ह्वीललाई ड्राइभ गर्छ । यस्तै, बीवाइडी सार्कले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटरसम्मको स्पीड लिन सक्ने कम्पनीको दाबी छ । यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा छ । यसमा २९.५८ किलोवाट आवरको बीवाइडीको सिग्नेचर ब्लेड ब्याट्री रहेको छ । जसले १०० किलोमिटरको एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ । यो पीकअपको कम्बाइन रेन्ज भने ८४० किलोमिटर छ । बीवाइडी सार्क हाइब्रिड भएकाले १०० किलोमिटरमा ७.५ लिटर मात्र इन्धन खपत गर्ने कम्पनीको भनाइ छ । यो पीकअपमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्स्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्मेन्ट स्क्रीन एप्पल कारप्ले तथा एन्ड्रोइड अटो फिचर समेत छ । अन्य फिचरहरूमा डिजिटल की, भोइस कन्ट्रोल, रिमोट भेहिकल मेनेजमेन्ट, ३६० डिग्री क्यामरा, वायरलेस फोन चार्जर साथै हेडअप डिस्प्ले समेत रहेको छ । फोर ह्वील ड्राइभ अप्सन रहेको सार्कमा स्याण्ड, मड र स्नो गरी ३ वटा ड्राइभ मोड समेत रहेको छ । त्यस्तै, यसमा इन्डिपेन्डेन्ट क्वाइल स्प्रिङ रियर सस्पेन्सन रहेको छ । यो पीकअपको पेलोड ८३५ केजी तथा टोइङ क्यापासिटी २५०० केजीसम्म छ । साइमेक्स इंकले मूल्य तोकिनसकेको सार्क किन्न कम्तीमा १ करोड ५० लाख रुपैयाँ हाराहारी तिर्नु पर्ने हुन्छ । The post बिक्री सुरू भयो ‘सार्क’ पीकअप, कति पर्छ मूल्य ? appeared first on Meroauto.