एपिक गेम्ससँग गुगलको फेरि हार, अब प्ले स्टोरको एप भुक्तानीमा एकाधिकार नरहने - techpana.com
Source: tcpn
काठमाडाैँ । एपिक गेम्सविरुद्धको चर्चित कानुनी लडाइँमा गुगल फेरि पराजित भएको छ । अमेरिकी नवौं सर्किटको एक अदालतले गुगललाई आफ्ना एप स्टोर नीति परिवर्तन गर्न आदेश दिएको हो । योसँगै गुगलले एन्ड्रोइड डेभलपरहरूलाई वैकल्पिक भुक्तानी प्रणाली प्रयोग गर्न दिनुपर्ने छ । एपिक गेम्ससँगको एकाधिकार विरोधी मुद्दा हारेपनि आफ्नो प्ले स्टोरमा तत्काल गर्नुपर्ने ठुला परिवर्तनहरू लागु गर्न गुगलले अस्थायी राहत पाएको छ । अदालतले गुगललाई एन्ड्रोइड प्रणालीमा आफ्नो अवैध एकाधिकार अन्त्य गर्न आदेश दिएकोमा शुक्रबारको पुनरावेदनपछि अतिरिक्त ...