बाढीमा बेपत्ता दुई बालिकाको शव भेटियो - kendrabindu.com
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव आज फेला परेको छ । हिजो दिउँसो खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए । बेपत्ता भएको खबर प्राप्त भएपछी त्यहाँको प्रहरी र आफन्तले निरन्तर खोजिकार्य गरिरहेका थिए । खोजीकार्यमा आरतीको शव बिहानै फेला पारेका थिए भने अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसैबीच, राजपुर नगरपालिका–८ बलुवा गोठ टोलमा गोनउर मियाको १० वर्षीय छोरा अरबाज मियाको पनि सोमबार दिउँसो लालबकैया नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले बताए । रौतहटमा बाढीको पानीमा डुबेर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ भने २ युवकको चटयाङ्गका कारण ज्यान गएको छ ।