स्वमूल्यांकन कार्यविधि रोक्न माग गर्दै निर्वाचन आयोगमा ११ दलको पत्र, दलहरूको आन्तरिक विषय भएको एमालेको जवाफ - nepallive.com
Source: nliv
'नेपालको राजनीतिक पृष्ठभूमिमा नेपाली जनताले विभिन्न संघर्ष र जनआन्दोलनबाट बहुदलीय प्रतिस्पर्धासहितको राजनीतिक दलको स्वतन्त्रता प्राप्त गरी वर्तमान संविधानले आत्मसात गरेको लोकतान्त्रिक व्यवस्थाको आधारभूत संरचनामा नेपालको राजनीतिक प्रणाली सञ्चालन भई रहेकाले दलीय स्वतन्त्रताको हकअधिकार कटौती हुने तथा प्रतिबन्ध लाग्ने गरी राजनीतिक प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट वञ्चित गर्न नमिल्ने प्रष्ट छ,' पत्रमा भनिएको छ।