Redirecting...

कविता : तिम्रो आकाश, मेरो आकाश - sahityapost.com

कविता : तिम्रो आकाश, मेरो आकाश - sahityapost.com
Source: shpt

विस्तीर्ण सीमाहीन नीलोलेहरेक बिहान तिमीलाई शुभप्रभात जनाउँछबीचबीचमा एक टुक्रो फिस्सबादलको रमाइलो यात्राघर फर्कने पक्षीहरूका हाँचलेबनाएका एक–दुई उल्टो ‘V’ को नक्सा । तिम्रो आकाशमा सिमललेअझै रातो आगो दन्काइदिन्छआज पनि राजवृक्षले स्वर्णालङ्कार भिराइदिन्छन् । मुट्ठीका मुट्ठी रातो र पहेँलो अबिरलेरङ्गीन बनाइराख्छन् तिम्रो आकाशसूर्यले चियाउने हरेक बिहानअनि बिदा लिने हरेक साँझ । कहिलेकाहीँ बेघनीसेहासुरलेछरिएका प्रकाशका अपरूप लुकामारी खेल । फलामे ग्रिलको फाँटोबाटहरेक बिहान म पनि देख्छुछेउको निर्माणाधीन फ्ल्याटकोरडको शिरले खण्डित गरेकोमहानगरका आकाशका केही टुक्राहरू। धेरै दिन भएछन् नदेखेकोनाजुक बादलले अघिपछि ननाचेको ।देखिरहेको छैनबगालका बगाल पक्षीहरू घर फर्केकादेखेको छैनरङ्गीन सूर्योदय र सूर्यास्त । ढिबरी लिएर आउने जुनकिरीको मेलादेखेको छैन उहिलेको त्यो आकाशआशा र विश्वासले भरिएकोपलास र सिमलले रातो आगो बालेको। सप्तरङ्गको समाहार देखेँ एक–दुई पटकविलासी विमान यात्रामाजब आकाशको नीलो र सेतो छेदन गर्छु । महाकाशले दियो तिमीलाई दृष्टिको विशालतानिर्धो हुन पुगेँ म मेरो दृष्टिमा केवलआकाशको खण्डित टुक्राभत्किएको सपनाको टुक्रा । मूल असमिया: मेघाली दत्त सलिहा अनुवाद: डा. देवेन सापकोटा *बेघनीसेहासुर = इन्द्रेणीका सातवटा रङ (बेजनी, घामिलो, नीलो, हरियो, सुन्तला, गुलाबी, रातो) को सङ्केत।