चितवनविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने - www.hamrokhelkud.com
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुगिसकेको सुदुरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्घ पहिला ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्न लागेको हो । आजको खेल जितेमा सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुग्नेछ। चितवनले जितेमा प्ले अफको सम्भावना जीवित राख्नेछ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अपराजित सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा यथावत छ। चितवन ५ खेलमा २ जित ३ हारका साथ ४ अंक लिएर छैंटौं स्थानमा छ। सुदूरपश्चिमले ३ र चितवनले अघिल्लो खेलका २ खेलाडी परिवर्तन गरेको छ। सुदूरपश्चिमले ट्यालेन्ट हन्टबाट आएका हिक्मत महरा, पुनित मेहेरा र दीपक बोहोरालाई अवसर दिएको छ । चितवनले रिजन ढकाल र जर्ज स्क्रिमसलाई खेलाएको छ । The post चितवनविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने first appeared on हाम्रो खेलकुद.