Redirecting...

नक्कली शरणार्थी प्रकरणः रायमाझी र खाणसहितको मुद्दामा सुनुवाइ जारी - bankingsamachar.com

नक्कली शरणार्थी प्रकरणः रायमाझी र खाणसहितको मुद्दामा सुनुवाइ जारी - bankingsamachar.com
Source: bkns

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ हुँदैछ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा पेसी परेको छ । थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्। उनीहरूविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरसम्बन्धी अभियोग लगाइएको छ। २०८० जेठ १० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, कीर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।