कविताः आँखा भरि भरि भो - sahityapost.com
सम्झिने यो मुटुलाई जति सम्झाए नि अटेरी भो आज फेरि त्रिशुलीका छालहरू आँखा भरि भरि भो हिजै लाग्छ, वैशालु छाल छ्यापी खेलेको डुब्दो सूर्जेलाई, अँजुलीमा उठाई हेरेको आज डुबेको घाममा जिन्दगी नै डुबे सरि सरि भो आज फेरि त्रिशूलीका छालहरू आँखा भरि भरि भो दामनको हिउँ पनि कुर्दाकुर्दै पग्लियो भर्खरै वसन्त आई तिम्रो नाम सोधी फर्कियो भर्खरै बाँकी एउटै शून्य आकाश त्यो नि झरी झरी भो आज फेरि त्रिशूलीका छालहरू आँखा भरि भरि भो वर्षामा रुझूँ कि फूलैको रहर हुने अर्को भूलको, कस्तो आज भूल भो वर्षाई हावामा फूलैफूल, वर्षामा रुझुँ कि फूलैको अतिथिको आभामा पग्लियो बिरानी सुनौलो भयो घामले मनको आँगनी सोचिनँ यति पारिलो हुन्छ, वैंशको पहिलो झुल्को वर्षाई हावामा फूलै फूल, वर्षामा रुझूँ कि फूलैको ओठको लालीले गुन्गुनायो केही कानको झुम्काले फुस्फुसायो केही यो गुदगुदी, यो काउकुति, कस्को होला झल्को वर्षाई हावामा फूलैफूल, वर्षामा रुझूँ कि फूलैको सावन फेरि आई सावन फेरि आई बुँद ल्याई बुँदसँग याद वर्षाई कुन पानी सावनको कुन पानी नयनको नछुट्टिने गरी मिसाई सावन फेरि आई के सल्कियो उता बादल आगो भो यता ढलपल कुन धुँआ बादलको कुन धुँआ गाजलको नछुटिने गरी मिसाई सावन फेरि आई कालो भेषमा त्यो बादल आउँछ सन्देश बोकी शहर कुन देशको हुलाकी त्यो लिई आउँछ चिठी त्यो झोलामा आफ्नो सजाई सावन फेरि आई । The post कविताः आँखा भरि भरि भो appeared first on साहित्यपोस्ट.