Redirecting...

महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौंमा - ekantipur.com

महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौंमा - ekantipur.com
Source: kant

भन्नै परेन, आईसीसी ट्वान्टी–२० महिला विश्वकप ग्लोबल छनोट नेपालले अहिलेसम्म आयोजना गर्न लागेको सबैभन्दा ठूलो प्रतियोगिता हो । महिला क्रिकेटमा नेपालले ग्लोबल छनोट प्रतियोगिता खेल्न लागेको पनि पहिलो पटक हो । गत मेमा थाइल्यान्डमा सम्पन्न एसिया क्षेत्रीय छनोट प्रतियोगिताको सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपालले यो यात्रा तय गरेको थियो ।