Redirecting...

दाउन्ने सडकमा तेल बोकेको ट्रक पल्टियो - bishwokhabar.com

दाउन्ने सडकमा तेल बोकेको ट्रक पल्टियो - bishwokhabar.com
Source: bsbk

काठमाडौं- पश्चिम नवलपरासीको दाउन्ने सडकमा तेल बोकेको ट्रक दुर्घटनामा परेको छ। आइतबार साँझ पौने ६ बजेतिर खाने तेल बोकेको ट्रक सडकमा पल्टिएको इलाका ट्राफिक प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका-४ स्थित एस रोडमा ना ६ प ६५७५ नम्बरको ट्रक सडकमा पल्टिँदा तेल बाटोमा पोखिएको छ। कार्यालयका अनुसार तेल सडकमा पोखिँदा सडकमा जाम समेत भएको छ। जाम खुलाउने प्रयास भइरहेको छ।