Redirecting...

कविता : माइतीघरका भित्ताहरू र आवाज - sahityapost.com

कविता : माइतीघरका भित्ताहरू र आवाज - sahityapost.com
Source: shpt

भन्छन् निभित्ताका पनि कान हुन्छन्त्यसैले त, हरेक दिन माइतीघरमाआवाज लिएर अल्पसङ्ख्यकहरूसुनाउन इकट्ठा हुन्छन् ।जब सरकार र सिंहदरबार बहिरा हुन्छन्जब सर्वोच्च र संसद् भवननसुनेझैँ पहाड जसरी गमक्क पर्छन्अनि पाखा लगाइएकाहरूआवाज लिएर मण्डलामा सानो भिडआफ्ना व्यथाहरू सुनाउन थाल्छन् । त्यो माइतीघरको भित्ताले बिपीका कुरा सुनेको छपुष्पलालका भाषण सुनेको छमदन र मनमोहनका आवाज सुनेको छपुष्पकमल, बाबुराम र खड्गको रिस र आक्रोश धानेको छ ।माओ, मार्क्स र लेनिनको सिद्धान्त कण्ठ पारेको छ ।अब निकोलस भुसालहरूको कुरा सुन्नुपर्छअब खगेन्द्र सुनारहरूलाई झेल्नुपर्छअब सीके राउतका कहावत सुन्नुपर्छअब सोबिता र तोसिमा कार्कीलाई सुन्नुपर्छअनि सुन्नुपर्छ मिराज र सुदनलाई । हुन त भित्ताहरूको कान मात्रै हुन्छसुनेका कुरा भनिदिने मुख हुँदैन ।कुनै दिन भित्ताहरूको मुख पनि पलायो भनेखुसुक्क भनिदेलान् सर्वोच्चका भित्ताहरूलाईसिंहदरबारका भित्ताहरूलाईजो माइतीघरका भित्तासँग काँध जोडेर बसेका छन् । आवाजहरूको अर्थ हुन्छआवाजहरूमा भुइँमान्छेका वेदना हुन्छन्आवाजहरूमा कर्णालीको भोक हुन्छआवाजहरूमा निर्मलाहरूको चित्कार हुन्छउखु किसानहरूको आँसु हुन्छ ।आवाजहरूमा बोलिविहीनहरूको बोली हुन्छ । समाजवाद, पुँजीवाद र साम्यवादकाअनगिन्ती नारा सुनेर माइतीघरका भित्ताहरूलेविद्यावारिधि गरिसके ।मानव दुःख, पीडा र ज्ञान सुनेरभित्ताहरू साधु बनिसके ।समानता, समावेशी र आरक्षणका सिद्धान्तलेयिनीहरूलाई पूर्ण प्रजातान्त्रिक बनाइसक्यो ।मानवअधिकार, पशुअधिकारका नाराले यिनीहरूअहिंसावादी भइसके । ल आऊ ए दुःखी आत्माहरू !माइतीघर खुल्ला कान लिएरतिम्रा आवाज सुन्न तयार छ ।