देउवालाई उक्साउने को-को ? - ekantipur.com
Source: kant
सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्ताले आग्रह गरिरहेका थिए, ‘दाइ, पार्टी विभाजन हुन दिनु हुन्न ।’ अन्तिम प्रयास चलिरहेको जवाफ उनले फर्काए । अलि अगाडि बढेपछि अर्को समूहले त्यही चासो राख्यो । खड्काले आकाशतिर इसारा गर्दै भने, ‘हाम्रो हातमा कर्म छ, माथि निर्णय । हिसाबकिताब गरिरहेका छौं । उनीहरू इलेक्सन (चुनाव) मा जाने अनि हामी ठोक्ने ।’