मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो धमाधम काटिँदै - kendrabindu.com
Source: kend
काठमाडौं । मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने काम थालिएको छ । सडक स्तरोन्नतिका लागि यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दिउँसोमा पाँच घण्टा पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक बन्द गरिएपछि मुग्लिन–मलेखु सडक पनि विस्तारको तयारी गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत चितवनको घोप्टेभिर र धादिङको खतौडी तथा डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको हो । तीनवटै ठाउँमा ४० मिटर हाराहारी लम्बाइ र ८० मिटर हाराहारी अग्लो पहाडको भित्तो काट्नुपर्ने हुन्छ । ती क्षेत्रमा सात मिटर चौडाइ सडक छ । यसलाई दुई मिटर विस्तार गर्ने योजना रहेको छ । सो सडकखण्डको धादिङको विशालटार क्षेत्रमा आइतबारदेखि कालोपत्र सुरु गरिएको छ । क्रमशः कामलाई तीव्रता दिन थालिएको छ ।