राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी, निर्वाचन केन्द्रित सुरक्षा योजनाबारे छलफल - farakdhar.com
Source: FRDH
राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरु भएको छ । निर्वाचन केन्द्रित सुरक्षा योजनाका विषयमा छलफल गर्न सोमबार बिहान सिंहदरबारस्थित परिषदको कार्यालयमा बैठक बसेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा तयारी र त्यसका योजनाबारे छलफल गर्न परिषदको बैठक बसिरहेको स्रोतको भनाइ छ । गत मंसिर ४ गते बसेको परिषदको बैठकले प्रारम्भिक चरणको सुरक्षा योजनाहरू बनाएको थियो । सरकारले निर्वाचनको एक महिना अगावै सेना परिचालन गर्ने तयारी गरेपछि सुरक्षा योजनाहरुबारे आवश्यक छलफल गर्न बैठक बसेको स्रोतको भनाइ छ । ...