Redirecting...

माडीको सेतो पहिरोस्थित कालाभैरव मन्दिरमा चार दिनसम्म भव्य पूजा सम्पन्न (भिडियो सहित) - swadeshpost.com

माडीको सेतो पहिरोस्थित कालाभैरव मन्दिरमा चार दिनसम्म भव्य पूजा सम्पन्न (भिडियो सहित) - swadeshpost.com
Source: swdp

२६ मंसिर, माडी । माडीमा नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा चार दिनसम्म भव्य पूजाअर्चना गरिएको छ । मंसिर २३ गते मंगलबार गजुर र मौला स्थापना गरी सुरु भएको पूजा मंसिर २६ गते शुक्रबार पञ्चेबाजा सहित भव्य रुपमा समापन भएको हो । माडी-९, कृष्णनगरस्थित नमुना चेपाङ बस्तीको नजिकै टम्टा अनार सामुदायिक वन क्षेत्रमा रहेको सेतो पहिरोको चुचुरोमा गतबर्ष कालाभैरवको मन्दिर निर्माण भएको थियो । मंसिर कृष्णपक्षको अष्टमी तिथिमा कालभैरव अष्टमी अर्थात कालभैरव जयन्ती मनाउने प्रचलन रहेकोमा यसबर्ष पनि भव्य पूजा लगाइएको मन्दिर निर्माणका अभियन्ता प्रेम आचार्यले जनाउनुभयो । कालभैरव अष्टमीमा गरिने पूजा तथा उपासनाले रोग, भय, संकट र दुख हरण हुने विश्वास गरिन्छ । काल र भैरव मिलेर बनेको कालभैरवको अर्थ काल अर्थात मृत्युको भय हर्ने भन्ने हुन्छ । कालभैरवको पूजा गर्दा मृत्युको भय दूर हुने र कष्टबाट मुक्ति पाइने गरिन्छ । कालभैरव भगवान शिवको रौद्र रूप हो । मन्दिर रहेको सेतो पहिरोको सिरानबाट माडी उपत्यकाका सबैजसो क्षेत्रसंगै ठोरीतर्फ दबुवा खोला लगायतका स्थान प्रष्ट देख्न सकिन्छ । पहराको फेंदीमा हरियाली वातावरण सहितको पिकनिक स्पट समेत रहेको छ भने नजिकै होमस्टेहरु सञ्चालनमा रहेका छन् । सेतो पहिरोलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न स्थानीयबासीहरुले सहयोग अभियान समेत सञ्चालन गरेका छन् ।