रामेछापमा कांग्रेस-एमाले-नेकपाको ३४ वर्षे विरासत भत्काउने दाउमा रास्वपा र उज्यालो पार्टी - nepalkhabar.com
Source: nkkb
३४ वर्षयताको चुनावी नतिजा हेर्दा रामेछापमा कम्युनिस्ट पार्टीकै ज्यादा प्रभाव देखिन्छ। यद्यपि, कुनै एक दलको गढ भने होइन यो जिल्ला। २०४८ देखि २०७९ सम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले यहाँ जित हात पारेका छन्। प्रजातन्त्रको पुनःस्थापनापछि यो जिल्लामा दुई निर्वाचन क्षेत्र थिए। क्षेत्र नम्बर १ मा कांग्रेसका लक्ष्मणप्रसाद घिमिरेले जित निकाल्दा क्षेत्र नम्बर २ मा भने संयुक्त जनमो...