परम्पराबाट आधुनिकतासम्म : किन फेरिँदैछ यमरी बनाउने शैली ? - farakdhar.com
Source: FRDH
मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समुदायका लागि परम्परा मात्र होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषिमा आधारित जीवनशैली, धार्मिक आस्था र सामुदायिक एकतासँग जोडिएको अद्वितीय पर्व पनि हो । धान भित्रने, कृषकको मिहिनेतको प्रतिफल प्राप्त हुने र परिवार तथा समुदाय एकै ठाउँमा भेला भएर समृद्धिको कामना गर्ने यो पर्वले शताब्दीयौँ पुरानो इतिहास बोकेको छ । आज पनि योमरी पूर्णिमालाई उत्तिकै उत्साहका साथ मनाइँदै आएको छ । आजको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ, किनकी यसै ...