Redirecting...

डुरान्ड कपमा आर्मीको दोस्रो खेल आज - www.hamrokhelkud.com

डुरान्ड कपमा आर्मीको दोस्रो खेल आज - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कपमा‌ आज आफ्नो दोस्रो खेल खेल्दैछ। समूह ‘सी’ मा रहेको आर्मीले लदाख फुटबल क्लबको सामना गर्दैछ । जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा हुने खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । लदाखको यो पहिलो खेल हो । पहिलो खेलमा आर्मीले जमशेदपुर फुटबल क्लबसँग ३-२ ले पराजित भएको थियो । मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले जर्ज प्रिन्स कार्कीको कप्तानीमा खेलिरहेको छ । आर्मीले समूह चरणको अन्तिम खेल साउन २० गते इण्डियन आर्मी फुटबल टिमसँग खेल्नेछ । २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस २ र सोनी लिभले गरिरहेको छ ।The post डुरान्ड कपमा आर्मीको दोस्रो खेल आज first appeared on हाम्रो खेलकुद.