ओली नेतृत्वमा उपाध्यक्ष बन्न चाहेनन् प्रदीप ज्ञवाली - farakdhar.com
Source: FRDH
नेकपा एमालेको एघारौँ महाधिवेशन काठमाडौंमा जारी छ । उक्त पार्टीको नयाँ नेतृत्व भोलि मंगलबार चुनावबाट चयन हुँदै छ । निर्वाचन नै हुने तयारी भइरहँदा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले आ-आफ्ना पदाधिकारी प्यानल तयार पारिरहेका छन् । यसैबीच महासचिव पदमा दाबी गर्दै आएका नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवार बन्न अनिच्छा देखाएका छन् । ओली समूहले उपाध्यक्षको सूचीमा ज्ञवालीको नाम सार्वजनिक गरेपछि उनले असन्तुष्टि जनाएको बताइएको छ । ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उठ्ने तयारी छ। स्रोतका अनुसार ज्ञवालीले ...