Redirecting...

संघीय निजामती सेवा विधेयक: प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी, समितिको बैठक बिहानैदेखि जारी - www.onlinepana.com

संघीय निजामती सेवा विधेयक: प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी, समितिको बैठक बिहानैदेखि जारी - www.onlinepana.com
Source: onpa

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिको छानबिनका लागि बनेको विशेष समितिको बैठक आज बिहान ७ बजेदेखि जारी छ। समितिले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । त्यसैले प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको समितिका सभापति जीवन परियारले जानकारी दिए । गत २३ असारमा बनेको समितिको म्याद हिजो साउन १८ गते सकिए पनि हिजोको बैठकको निरन्तरतामा आज छलफल जारी राखिएको हो। समितिमा सभापति जीवन परियारसहित कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरू छन्। विधेयकमा रहेको ‘२ वर्ष कुलिङ पिरियड’ सम्बन्धी प्रावधानको भाषा स्पष्ट नभएको भन्दै छानबिन समिति बनेको थियो । छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद र सुशीला थिङ सदस्य छन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् । The post संघीय निजामती सेवा विधेयक: प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी, समितिको बैठक बिहानैदेखि जारी appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).