Redirecting...

विपद्मा सहयोगी बने दूरसञ्चार कम्पनी : ६५ लाखभन्दा बढीलाई पुग्यो एसएमएस - www.sutranews.com

विपद्मा सहयोगी बने दूरसञ्चार कम्पनी : ६५ लाखभन्दा बढीलाई पुग्यो एसएमएस - www.sutranews.com
Source: sutr

काठमाडौं । विपद्को बेला दूरसञ्चार कम्पनीहरु (नेपाल टेलिकम र एनसेल) निकै सहयोगी देखिए । दुवै कम्पनीको सहयोगमा जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै लाखौंको संख्यामा बाढीको पूर्वसूचनासम्बन्धी संक्षिप्त सन्देश (एसएमएस) पठायो । आइतबार दिउँसोसम्म दुवै कम्पनीमार्फत ६५ लाख १६ हजार २९६ एसएमएस पठाइएको विभागका बाढीविद् विनोद पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार उक्त सूचनाका आधारमा हजारौं नागरिक जोखिम भएका क्षेत्रबाट सुरक्षित स्थानमा गएर बसे । “लाखौंको संख्यामा एसएमएसमार्फत पूर्वसूचना पठायौं, परिणामस्वरुप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो”, उनले भनेका छन् । पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उनले बताए । विभागले दुवै कम्पनीले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।