Redirecting...

मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने - ehimalayatimes.com

मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिने हुनु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार साँझ लामो बुढानिलकण्ठस्थित निवासमा बोलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो। कांग्रेस बागमती संसदीय दलको नेताबाट पहिले नै पदमुक्त हुनुभएका लामालाई देउवाले मार्गप्रशस्त गर्न स्पष्ट रूपमा आग्रह गर्नुभएको हो । देउवाको निर्देशनपछि शुक्रबार बिहान आफ्ना निकट सहयोगीहरूसँग सल्लाह गर्नुभएका मुख्यमन्त्री लामाले पार्टीको शीर्ष नेतृत्वको निर्देशनअनुसार अघि बढ्ने निर्णय गर्नुभएको छ । दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान राख्दै आउनु भएको थियो । तर, देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराउनु भएको बुझिएको छ । कांग्रेस सांसद तीर्थ लामाका अनुसार बहादुरसिंह लामा आज या भोलि भित्र राजीनामा दिने तयारीमा हुनुहुन्छ ।