ओली पक्षमा नपरेपछि रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी - corporatekhabar.com
Source: cork
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार उम्मेदवारी दिएको उनले बताए । ‘दुवैतिरका साथीहरूको आग्रहमा उम्मेदवारी दिएँ,’ उनले अनलाइनखबरसँग भने । नेता पन्त केपी शर्मा ओली समूहमा थिए । ओली समूहले उनलाई समेटेर प्यानल बनाएन । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा भिड्दैछन् । The post ओली पक्षमा नपरेपछि रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.