अभिनयको वास्तविक अभ्यास : रङ्गमञ्चतिर नेपाली सिने स्टार - farakdhar.com
Source: FRDH
अहिले हलमा नेपाली फिल्मको खडेरी छ । झरीको समय फिल्म हेर्न को पो जालान् ? त्यसैले हलमा अहिले विदेशी फिल्मकै राज छ । जेठमा पाँच नेपाली फिल्म लगातार हप्तै पिच्छे प्रदर्शनमा आए पनि असारदेखि प्रदर्शन हुने फिल्मको सङ्ख्या ह्वात्तै घटेको हो । हलमा फिल्मको संख्या घटिरहँदा राजधानीका थिएटर भने नाटकले भरिएका छन् । त्यति मात्र होइन यति बेला धेरै रङ्गकर्मीहरूले नाटकमा फिल्म स्टारहरूलाई लिन थालेका छन् भने फिल्म स्टारहरूले पनि नाटकतिर बढी चासो देखाइरहेका हुन् । केही साता अघि कान्तिपुर थिएटर, गैरीधारामा नाटक ‘मिरा&r...