सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने - kendrabindu.com
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१|८२ को बिमांकिय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमांकिय मूल्यांकन प्रतिबेदनको आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । स्वीकृत बिमांकिय मूल्यांकन अनुसार कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ । बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरेको सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले समय सापेक्ष प्रबिधि तथा सेवाहरुमा उत्कृष्ट दिदै छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ । कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोग विरुद्ध ५० लाख रुपियाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी बन्दै आइ.एस.ओ ९००१ – २०१५ द्वारा बिभूषित भएको एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ ।