एमालेको बन्दसत्र भृकुटीमण्डपमा सुरु - ehimalayatimes.com
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको बन्दसत्र सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनमार्फत १०औँ महाधिवेशनकै कमिटी संरचनामा फर्काएपछि बन्दसत्र अघि बढाइएको हो। एमाले केन्द्रीय सदस्य रविन कोइरालाका अनुसार बैठक भर्खरैबाट सुरु भएको छ। बन्दसत्रमार्फत हलबाट १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिने छ। अध्यक्ष ओलीले आफूलाई चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई रोक्न विभिन्न रणनीति प्रयोग गरिसकेको बताइएको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र सञ्चालन गर्नुभएकाे छ । केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा छन् । स्थायी कमिटी र पोलिटब्यूरोसहित प्रतिनिधि तल राखेर महाधिवेशनको बन्द सत्र सुरु भएको छ । मनोनीत १०८ जनालाई आफ्नै पक्षमा चयन गर्ने प्रक्रिया र तीन महिनाभित्र विधानमा गरिएका तोडमोडपछि बन्दसत्र अघि बढाइएको हो।