स्केचर्सले बालबालिकाहरुका लागि तयार पार्यो एप्पल एयरट्याग सहितको स्नीकर्स - technologykhabar.com
स्केचर्सले बालबालिकाहरुका लागि स्नीकर मोडेल प्रस्तुत गरेको छ। यो सँगै अब धेरै अभिभावकहरुको लागि सपनाको विषय हुँदै आएको चिज अब वास्तिविकमा रुपान्तरण भएको छ। यो फाइन्ड माइ स्केचर्स नामक मोडेल एक देखि दस वर्ष उमेरका बालबालिकाका उपलब्ध भएको बताइएको छ जसमा एप्पल एयरट्यागको लागि कुर्कुच्चा मुनि एउटा कम्पार्टमेण्ट रहेको उल्लेख गरिएको छ। आफ्ना बच्चाहरूलाई स्न्यापच्याट वा स्मार्टवाचहरू मार्फत ट्र्याक गर्न पर्याप्त नभएको खण्डमा अभिभावकहरूले अब तिनीहरुको जुत्तामा एयरट्याग राख्न सक्नेछन्। १० वर्षका बालबालिकाहरूले यस्तो मोडेलको स्नीकर लगाएका छन् भनेर उनीहरूले सजिलै बुझ्न सक्नेछन् र तिनीहरूमध्ये धेरैले स्मार्टफोन प्रयोग गर्ने भएकाले उनीहरूले एयरट्याग उनीहरूको नजिकै रहेको संकेत गर्ने नोटिफिकेसन (सूचना( पनि प्राप्त गर्न सक्नेछन् भनि टेलिग्राफले रिपोर्ट गरेको छ। यसको अतिरिक्त, बालबालिकाको स्थान ट्र्याक गर्न डिजिटल प्रविधि प्रयोग गर्नाले वास्तवमा उनीहरूको तर्फबाट बढी अवज्ञाकारी व्यवहार निम्त्याउने गर्दछ भन्ने तथ्य एक अध्ययनले देखाएको उल्लेख गरिएको छ। एयरट्यागले स्कूल, क्याम्प वा साथीको घरमा बिर्सिएका÷छोडिएका स्नीकरहरू फेला पार्न मद्दत गर्नेछ। त्यसैगरी यस्तो मोडेल आफ्नो बाटो हराउन सक्ने वृद्धवृद्धाहरूका लागि पनि उपयोगी हुनेछ भनि इन्टरनेट प्रयोगकर्ताहरूले उल्लेख गरेका छन्। स्नीकरको विज्ञापनमा “स्मार्ट र सेक्योर कम्पार्टमेण्ट” रहको बताइएको छ जहाँ अभिभावकहरूले एयरट्याग लुकाउन सक्ने र बाटोमा हिँड्दा यो बाहिर ननिस्कने उल्लेख गरिएको छ। साथै मेसिनले धुने योग्य स्नीकरहरू पहिले नै बिक्रीमा उपलब्ध भए तापनि एयरट्याग भने समावेश नगरिएको टेलिग्राफले रिपोर्ट गरेको छ। The post स्केचर्सले बालबालिकाहरुका लागि तयार पार्यो एप्पल एयरट्याग सहितको स्नीकर्स appeared first on Technology Khabar.