राप्रपा युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबिच कुटाकुट - nagariknews.nagariknetwork.com
Source: ngrk
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको छ।चाबहिलको एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरूबिच झडप भएको हो ।अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थलमा आइसकेपछि हात हालाहाल भएको थियो । त्यसपछि लिङदेनले मञ्चबाटै सम्झाउन खोजे ।उनले भने,'साथीहरू हल्ला नगरौँ। यो राष्ट्रवादी पार्टी हो हल्ला नगरौँ।'