Redirecting...

चार जनाको मृत्युको न्यायिक छानबिन नभएसम्म जेलमै बस्छु: सोनम वाङचुक - corporatekhabar.com

चार जनाको मृत्युको न्यायिक छानबिन नभएसम्म जेलमै बस्छु: सोनम वाङचुक - corporatekhabar.com
Source: cork

काठमाडौँ । हिरासतमा रहेका भारतीय वातावरण अभियन्ता सोनम वाङचुकले लद्धाखको प्रदर्शनमा ज्यान गुमाएका सदस्यहरुको मृत्युको छानविन नभएसम्म जेलमै बस्ने बताएका छन् । उनले लद्धाखको प्रदर्शनमा ज्यान गुमाउनेहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै चार सदस्यहरूको मृत्युको स्वतन्त्र न्यायिक अनुसन्धानको माग गरेका छन् । अभियन्ता वाङचुक हाल राजस्थानको जोधपुर केन्द्रीय कारागारमा छन् । लद्दाख र भारतका जनतालाई जेलबाट संदेश पठाउदै आफु शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताएका छन् । उनले भनेका छन्, ‘म सर्वोच्च निकाय, केडीए र लद्दाखका जनताको संवैधानिक अधिकार छैटौं अनुसूची र राज्यत्वको वास्तविक मागमा पूर्ण रूपमा उभिएको छु । सर्वोच्च निकायले लद्दाखको हितमा चाल्ने जुनसुकै कदमलाई म पूर्ण रूपमा समर्थन गर्छु । म जनतालाई शान्ति र एकता कायम राख्न र शान्तिपूर्ण रूपमा गान्धीजीको अहिंसाको मार्ग पछ्याउँदै हाम्रो संघर्ष जारी राख्न अपील गर्दछु ।’ सेप्टेम्बर २४ मा लेहमा लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै हिंसात्मक प्रदर्शनहरू भएका थिए । यसपछि वाङचुकलाई उनको गाउँ उलेटोकपोबाट पक्राउ गरिएको थियो । The post चार जनाको मृत्युको न्यायिक छानबिन नभएसम्म जेलमै बस्छु: सोनम वाङचुक appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.