Redirecting...

१ हजार दरका ३८ थान नक्कली नोटसहित दुई जना पक्राउ - bankingsamachar.com

१ हजार दरका ३८ थान नक्कली नोटसहित दुई जना पक्राउ - bankingsamachar.com
Source: bkns

काठमाडौं – सुनसरीको कोशी गाउँपालिका– ८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका– १ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका– २ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले लु.(२ प २३८) नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।