कविता : सिन्दुर पुछिएकी आमा - sahityapost.com
बाबुले आमाको सिन्दुर खोसेरमृत्युलाई अँगालो हालेको महिना नपुग्दैछिमेकी काकी चुराको आवाज झुन्ड्याएरमेरो घरको दैलो नाघ्छिन्“दिदी, मेरो पोते चुँडियो गाँसिदिनु न है!” बैँसैमा सेतो फेरोले बाँधिएकी आमाअरूको रातो आफ्ना हातले गाँस्छिन्आफ्नो मन कहिले चुँडियोकसले गाँस्योइतिहास मौन छ । दोस्रो महिनामै घरको बारी आफैँ सर्दै जान्छढुङ्गा खस्किन्छ, साँध हराउँछआकाश नजिकिएझैँ लाग्छ ।म सोध्छु“आमा, हाम्रो आँगन किन साँघुरिँदै छ?” आमाले मनको भग्नावशेष मिलाउँदै भन्छिन्“छोरी, घरको मुख्य खाँबो ढलेपछि छाया पनि आश्रय खोज्छ।”म गन्दै जान्छुबाबु मरेपछि के–के जिउँदै गाडियो भनेर । छिमेकको अपनत्व, आफन्तको पाइलाचाडको रौनक, गाउँलेले गर्ने व्यवहारनाम त सबैभन्दा पहिले मारियोविधवा, राँडी, पोई–टोकुवा र अन्ततः बोक्सी ! बाबु मरेपछि आमा जिउँदै बोक्सी बनिछिन्। गाउँमा कोही बिरामी परेदोष आमाको सासमा टाँसियोभैँसीले दूध नदिँदा मेरो घरको तगारोमाखुर्सानीको राग पड्काइयो ।म सोध्थेँ“आमा, तिमी किन सधैँ बिरामी?” आमाले आँसु ननिस्किने गरी निल्दै भनिन्“छोरी, मेरो आँखै लागेछ रे!”त्यही दिन म छोरी भएर उभिएँ । सिन्दुर खोसिएको दिन विधवा बनाउने मृत्यु होतर बोक्सी बनाउने तिमीहरू ! सम्झिराख गाउँमेरी आमा तिमीहरूको चुप्पीमाचोट सहेर बाँचेकी हुन्म अब त्यो चुप्पी विरुद्ध बोल्ने आवाज हुँ ।