आज काठमाडौंमा भारी वर्षा हुन्छ ? यस्तो छ मौसमको पूर्वानुमान - www.sutranews.com
Source: sutr
काठमाडौं । केही दिनदेखि देशभर वर्षा भइरहेको छ । तर, आइतबारबाट काठमाडौंको मौसममा भने सुधार आएको छ । गत शुक्रबार रातिदेखि परेको लगातार वर्षा काठमाडौंमा भने आइतबार बिहानबाट रोकिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा मौसम सुधार भइसकेको छ । आइतबार दिउँसो बादल लागे पनि ठूलो वर्षाको सम्भावना भने नरहेको विभागले जनाएको छ । काठमाडौंमा आइतबार दिउँसो सामान्य वर्षा भने हुने विभागको भनाइ छ । विभागका अनुसार मनसुनी प्रणाली पूर्वतर्फ सर्दै गएकाले आइतबार मधेश र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोे छ ।