माधव नेपाललाई एकपछि अर्काे संकट - mahendranagarpost.com
काठमाडौं: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि एकपछि अर्काे संकट आइलागेका छन्। पतञ्जली योगपिठको हदबन्दीभन्दा धेरै जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपालमाथि पार्टी जोगाउने चुनौती बढेको छ। पछिल्लो समय उनीमाथि पार्टीभित्रैबाट प्रश्न बढ्न थालेका छन् । नेतृ रामकुमारी भाँक्रीले उनलाई लक्षित गरी मरेको सिनो बोकेर पार्टी पुननिर्माण गर्न नसकिने बताउँदै पद छाड्न दबाब दिएकी थिइन्। पछिल्लो समय झलनाथ खनाल नेपालविरुद्ध खनिएका छन्। खनालले हाजै एमाले फुटेको औचित्य पुष्टि हुन नसकेको भन्दै पार्टी फुटाउनु गलत भएको बताउन थालेका छन् । सो टिप्पणीपछि नेता नेपालले खनाललाई पार्टी छाड्न भनेका छन् । नेता खनालले उल्टो पार्टी नेता नेपालले छाड्नुपर्ने भन्दै जाइलागेका छन् । सत्ताबाट बाहिरिएसँगै नेता नेपालमाथि एकपछि अर्काे समस्या आइलागेका छन् । केही सांसदहरु समेत पार्टी फुटाउने तरखरमा लागेपनि पछिल्लो समय रोकिएको छ । यद्यपी अवसर पाउनेवित्तिकै पार्टी बिघटन हुने जोखिम छ । केही नेताहरु धमाधम एमालेमा समेत फर्कन थालेका छन्। त्यसकारण नेता नेपाल र पार्टीको भविष्य दुवै संकटमा परेको छ । The post माधव नेपाललाई एकपछि अर्काे संकट appeared first on MahendranagarPost.