एमाले महाधिवेशन तयारी अन्तिम चरणमा, यस्तो छ उद्घाटन स्थल - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पोलिटब्यूरो सदस्य एवं मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औँ महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सबै कार्यहरू लगभग सकिएको जानकारी दिए । महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार अपराह्न पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेशन भव्य तरिकाले सम्पन्न गर्ने र मञ्चपनि सन्देशमूलक बनाउने हिसाबले तयार गरेको बताए । उनले भने, ‘महाधिवेशन भव्य तरिकाले सम्पन्न गर्ने हिसाबले हामीले काम गरेका छौ । मञ्च कस्तो बनाउने भन्ने कुरामा मञ्चले आफैँ पनि केही सन्दे...