अन्नपूर्णको काखमा रहेको पञ्चकुण्ड हिमताल : किन बढ्दै छ आकार ? - www.nimjn.org
Source: nimj
अन्नपूर्ण प्रथम हिमालको फेदीमा सन् १९९० मा हिमनदी भएको ठाउँमा पछि ५ वटा कुण्ड बने । ती कुण्ड बिलाएर अहिले एउटा ठूलो ताल बनेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक फिनु श्रेष्ठका अनुसार पछिल्लो १२ वर्षमा यो हिमतालको आकार ८ सय ४६ प्रतिशतले बढेको छ । अन्नपूर्णको फेदीमा बनेको ताल र तालमा देखिएको फेरबदलले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा भइरहेको भौगोलिक तथा वातावरणीय परिवर्तनलाई देखाउँछ ।