Redirecting...

कुलमान घिसिङको उज्यालो नेपाल पाटी : गठन गर्ने बित्तिकै विघटन सुरु, केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठकाे राजीनामा - janatatimes.com

कुलमान घिसिङको उज्यालो नेपाल पाटी : गठन गर्ने बित्तिकै विघटन सुरु, केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठकाे राजीनामा - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २० । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रवन्ध निर्देशक एवं नागरिक सरकार भनिएको वर्तमान सरकारका शक्तिशाली मन्त्री कुलमान घिसिङले गठन गरेको पार्टी गठन हुने बित्तिकै विगठनको दिशामा अघि बढेको छ । सरकारका सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले केही दिन अघि उज्यालो नेपाल पार्टी घोषणा गर्नुभएको थियो । पार्टी घोषणा गरेको एक हप्ता नबित्दै सो पार्टीकी केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गर्नुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत उहाँले राजीनामा घोषणा गर्नुभएको हो । हेटौँडामा सडक विस्तारको नाममा शनिबार बिहानैदेखि व्यक्तिका निजी आवसामा डोजर चलाए पछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रिय सदस्यबाट राजीनामाको घोषणा गर्दछु, अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ रु मेरो नैतिकता ले दिएन, म हेटौडा पीडितको साथ छु ।’ उहाँले हेटौँडामा डोजर चलाएको घटनाको प्रतिवाद गर्न पनि आह्वान गर्नु भएको छ । आफ्नो नैतिकताले सो पार्टीमा बस्न नदिएको पनि उहाँले प्रष्ट पार्नु भएको छ । ‘नैतिकता छ ममा, त्यसैले राजीनामा हो, बुझ्न अनुरोध गरेँ, मरेका मान्छेहरू बोल्दैनन्, म जिउँदो छु बस्’, उहाँले लेख्नु भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आफ्नो सरकार पूर्णतः नागरिक सरकार भएकोले सरकारमा राजनीतिक दलका मानिसहरू नरहेका बताउँदै आउनु भएको थियो । तर सरकारको सबैभन्दा धेरै मालदार मन्त्रालय सम्हालेका मन्त्री घिसिङले सरकारी साधन स्रोतकै दुरुपयोग गरेर पार्टी खोल्नु भएको छ । सरकारी खर्चमा नै सरकारी मञ्च प्रयोग गरेर उहाँले उज्यालो नेपाल पार्टीलाई भोट समेत माग्न थाल्नु भएको छ ।