नेपाल राष्ट्र बैंकले एकैपटक माग्याे ७६ जना कर्मचारी - taksarnews.com
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकैपटक ७६ जना कर्मचारी मागेको छ । राष्ट्र बैंकले आज विज्ञापन सार्वजनिक गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । राष्ट्र बैंकले अधिकृत तृतीयअन्तर्गत सहायक निर्देशक(अर्थशास्त्र) १ जना, सहायक निर्देशक (व्यवस्थापन)१ जना, सहायक निर्देशक ३९ जना, सहायक निर्देशक(लेखा/लेखापरीक्षण)१० जना, सहायक निर्देशक(वाणिज्य कानून)४ जना र सहायक द्वितीयअन्तर्गत २१ जना सहायक माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपालीहरूले मङ्सिर १९ गतेदेखि पुस १० गतेसम्म विद्युतीय माध्यममार्फत दरखास्त फाराम बुझाउन पाउने छन् भने पुस १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने राष्ट्र बैंकले जनाएको छ । अधिकृत तृतीय श्रेणीका लागि कुनै एक समूहका लागि १ हजार रुपैयाँ र प्रत्येक थप समूहमा सहभागी हुनका लागि ४ सय रुपैयाँ परीक्षा दस्तुर शुल्क लाग्नेछ । सहायक द्वितीय श्रेणीको कुनै एक समूहका लागि ८ सय रुपैयाँ र प्रत्येक थप समूहका लागि थप ३ सय रुपैयाँ परीक्षा दस्तुर शुल्क लाग्नेछ । सबै पदको पाठ्यक्रम राष्ट्र बैंकको वेबसाइटमा राखिएको राष्ट्र बैँकले जनाएको छ ।