कांग्रेस बैठकमा रमेश लेखकको ब्रिफिङ: छलफलले सफलता पाउन सकेन - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताएका छन्। बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा नेता लेखकले विशेष महाधिवेशन पक्षसँग भएको वार्ताबारे जानकारी दिएका थिए। उनी दुई दिनदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा उनीहरूले बनाएको वार्ता टोलीसँग छलफलमा थिए...