दुई दिने ‘स्पटमोसन एनिमेसन’ कार्यशाला हुँदै - kendrabindu.com
Source: kend
काठमाडौँ। युक्रेनका फिल्म निर्माता पोलिना पिड्दुब्नाले काठमाडौँमा दुई दिने स्पटमोसन एनिमेसन कार्यशाला आयोजना गर्ने भएका छन् । एनिमेसन भिडियोहरु बनाउने र सोमार्फत मानव संवेदनालाई उजागर गर्ने हेतुले कार्यशाला गर्न लागिएको आयोजकले जनाएको छ । कार्यशाला यही पुष १२ र १३ गते जोरपाटीस्थित तारागाउँ म्युजियममा हुनेछ । सहभागीहरूको सिर्जनासँगै कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको पोलिनाको फिल्म ‘मेरी हजुरआमा एक स्काइडाइभर’ पनि प्रदर्शन गरिने जनाइएको छ । बर्लिनमा बस्दै आएकी युक्रेनी मुलकी फिल्म निर्माता तथा कलाकार पोलिनाले एनिमेसनमा स्नातक गरेकी छन्। उनी हाल पोट्सड्यामको फिल्म युनिभर्सिटी बेबल्सवर्ग कोनराड वल्फमा एनिमेसन निर्देशकको रूपमा कार्यरत छन्। कार्यशालामा सिकाइएका एनिमेसन सहभागीले यही पुस १९ गते प्रर्दशन गर्ने समेत जनाइएको छ ।